साउन-२४, नवलपरासी । प्रमुख चार राजनीतिक दलबीच लामो समयपछि शनिबार सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ ।
६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार बागलुङ र नवलपरासी बाहेकका कुनै पनि जिल्ला टुक्रिएका छैनन् । बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् ।
गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ (पूर्वी भाग) मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत, नवलपरासी (दाउन्नेदेखि पूर्वको) को चौथो प्रदेश बन्नेछ ।
यस्तै कपिलवस्तु, रुपन्देही, नवलपरासीको (पश्चिमी भाग) पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग) दाङ, प्युठान, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दियाको अर्को प्रदेश बन्नेछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!