नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनमा रोक

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | मुग्लिन सडकखण्डमा ठूला सवारी साधानमा रोक लगाइएको छ । चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको हो ।

यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै नारायणघाट हुँदै काठमाडाैं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो । दसैँको पूर्णिमासम्म रोक लगाइएको हो । 

तर खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन् ।  विभागले दसैँका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!