आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

Posted on: 03 Oct, 2024

असोज १७, ताप्लेजुङ | धारिलो हतियार प्रयोग गरी आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

५२ वर्षीय बुवा श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-१, ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा बाबुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!