बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला काभ्रेमा मात्रै ७० जनाको मृत्यु भएको देखिएको छ ।

काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार काभ्रेका विभिन्न १० पालिकाहरूमा बाढीपहिरोबाट ७० जनाको मृत्यु भएको देखिएको हो । 


जसमध्ये ३१ महिला, २५ पुरुष, ८ बालक र ६ बालिका रहेका छन् । काभ्रेमा बाढीपहिरोमा परी काभ्रेमा ७५ घाइते र ६ जना बेपत्ता भएका प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ । 

काभ्रे प्रहरीले बाढीपहिरोमा फसेका ८२४ जनाको हेलिकप्टरबाट र  ३ हजार २९९  जनाको अन्य माध्यमबाट उद्धार गरिएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेमा घाइते भएका मध्ये ५२ जना डिस्चार्ज भइसकेका छन् भने २३ जना उपचाररत छन् ।

प्रहरीले बाढीपहिरोमा परी सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ८ महिला, ८ पुरुष, १ बालक र १ बालिका रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!