कीर्तिपुरमा ढल खोल्ने क्रममा लडेर एक जनाको मृत्यु

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | कीर्तिपुरमा ढलमा लडेर एक जनाको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका-४ घर भएका ६२ वर्षीया सहदेव लामाको मृत्यु भएको हो।

बिहीबार बिहान मच्छेगाउँ बसपार्क नजिकै अबिरल वर्षाको कारण खोलाको पानीको बहाब बढिरहेको अवस्थामा ढल खोल्ने क्रमममा लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

'पौने ८ मा उद्धार गरेर अस्पताल लगेका थियौं साढे ८ :१० मा अस्पतालले मृत घोषित गरिदिएको हो,' उनले भने। 

लामाको शव मुचुल्का उठाएर पोस्टमर्टमका लागि टिचिङ अस्पताल पठाइएको एसपी अधिकारीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!