बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौं | बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित देशका २४ जिल्लाका नदी-खोलामा बाढीको सम्भावना रहेको बताउँदै प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज बिहान जारी गरेको सूचनामा पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा नदीको बहाव उल्लेख्य बढ्ने र केही क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

पूर्वका १२ जिल्ला, जसमध्ये उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिराहा, र धनुषामा पनि बाढीको जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले यी क्षेत्रमा नदीतटीय क्षेत्रका गतिविधिमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

अगामी तीन दिन कर्णाली, महाकाली, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य घटबढ हुने भए पनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ। तर, कोसी, नारायणी, कमला, बागमती, र पूर्वी राप्ती नदीहरूमा जलसतह आज र भोलि उल्लेख्य रूपमा बढ्ने भएकाले ती क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन भनिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले प्रभावित क्षेत्रका जनतालाई सतर्क रहन र कुनै आकस्मिक घटनाबाट बच्नका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!