दशैंघरमा विधिवत रूपमा राखियो जमरा

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौं |  हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।


हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!