धादिङका प्रहरी प्रमुख केसी हेडक्वाटर तानिए

Posted on: 30 Sep, 2024

असोज १४, काठमाडौँ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोषजनक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई पठाइएको छ ।


यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो ।

धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर गृहमन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डे पनि मन्त्रालय तानिएका छन् । उनलाई तानेर उमेश ढकाललाई पठाइएको छ ।

   

यस बिषयमा तपाइको प्रतिक्रिया...!