झ्याप्ले खोला पहिरो: मृतकको संख्या २८ पुग्यो, आफन्तहरु घटनास्थलमा

Posted on: 29 Sep, 2024

असोज १३, काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा गएको पहिरोमा ज्यान गुमाएकाहरूका ११ जना आफन्त आइतबार घटनास्थलमा पुगेका छन्। गोरखा, चितवनलगायतका जिल्लाबाट आएका उनीहरूले मृतकहरूको सनाखतका लागि नामसहितको विवरण स्थानीय प्रहरीलाई बुझाएका छन्।


अहिलेसम्म पहिरोमा पुरिएका गाडीहरूबाट २८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। शनिबार र आइतबार गरी फेला परेका यी शवहरूको पहिचान र उद्धार कार्य जारी छ।

घटनास्थलमा करिब १ सय सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिभी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। बस तथा अन्य गाडीहरूको खोजी तीव्र पारिएको छ र सवारी साधन दुबैतर्फ अवरुद्ध भएका छन्।

शनिबार गएको ठूलो पहिरोले पृथ्वी राजमार्गमार्फत काठमाडौँको आवतजावत ठप्प पारेको छ। पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ, र उद्धार तथा सवारी व्यवस्थापन कार्य निरन्तर जारी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!