रेविजको कारण मकवानपुरमा दुई जनाको मृत्यु

Posted on: 15 Aug, 2024

साउन ३१, काठमाडौं | रेविजको कारण मकवानपुरमा एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ साततले निवासी ५ वर्षीय बालिका रविना थोकर तथा ३२ वर्षका कमल नेगी रहेका छन् । पाख्रीनको साउन १८ र नेगीको साउन २८ मा मृत्यु भएको साततले आधारभुत स्वास्थ्य केन्द्रकी सिनियर अनमी रोजि पण्डितले बताईन् ।

एकै गाउँको दुईजनाको मृत्यु भएपछि अहिले गाउँमा रेविज विरुद्द्को खोप अभियान सुरु गरिएको पण्डितको भनाई छ । हालसम्म ६३ जनाल्लाई खोप लगाईएको उनले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!