कस्ताे छ दुर्घटनामा घाइते पाइलट शाक्यकाे अवस्था?

Posted on: 24 Jul, 2024

साउन ९, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यकाे उपचार भइरहेकाे छ ।   उनकाे टाउकाेमा चाेट लागेकाे अस्पतालले जनाएकाे छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको  उपचार भइरहेकाे अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।


मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको  मनिषको काका अमूल शाक्यले बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।

अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । सौर्य एयरलाइन्सको कर्मचारीहरु बोकेर काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!