दुर्घटनामा परेका १९ जनामध्ये १ जना विदेशी

Posted on: 24 Jul, 2024

साउन ९, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १ जना विदेशी पनि रहेका थिए ।

आरिफ रेदा विदेशी रहेका छन् । उनी सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

आज विहान जहाज दुर्घटना भएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

पाइलट मनिष शाक्यलाई भने जीवित उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको थियो ।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण यसप्रकार रहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!