गाडी आगजनी घटनामा प्रशासनले भन्यो- 'टोली रेल सर्भे होइन, रोड सर्भेका लागि गएको थियो'

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । भरतपुर महानगरपालिका-७ कृष्णपुर प्लटिङ चाेकमा बुधबार दिउँसाे आगजनी भएकाे कारमा रेल सर्भे नभई राेड सर्भेका लागि आएका व्यक्तिहरू रहेको खुलेको छ । चितवन प्रशासनले सो कारमा रेल सर्भे नभई रोड सर्भेका लागि पुगेका कर्मचारी रहेको जनाएको हो ।

उनीहरूले आफूहरू गुगल म्याप अपडेटका लागि आएकाे बताएकाे चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनकारी दिए ।


स्थानीयले दिउँसाे दुई बजे तिर वाग्मती प्रदेश ०१-०३० च ७१९० नम्बरकाे कारमा आगजनी गरेका थिए । साे कारमा श्री एसआर इन्जिनियरिङ साेलुशन काठमाडाैं कालाेपुलका नेभिगेटर बारा जितपुर सिमरा घर भएका अजित बस्नेत र चालक धादिङ गल्छीका दिलिप तमाङ रहेका थिए ।

साे क्षेत्र हुँदै पुर्व पश्चिम रेलमार्ग लैजान लागेकाे भनेर स्थानीयहरूले संघर्ष समिति नै गठन गरेर आन्दाेलित हुँदै आएका छन् । सर्भे गर्न आएकाे भनेपछि रेलवे कै काममा लागि आएकाे भनेर स्थानीयले कारलाई नियन्त्रणमा लिएका थिए ।

'स्थानीयले साेधखाेज गर्दै थिए । रेल विभागकाे टाेली आएकाे हाे या हैन भनेर हामीले प्रशासनमा पनि बुझ्दै थियाैँ । खै कसले हाे आगजनीसमेत गरे भन्ने सुनेँ,' रेलमार्ग पीडित संघर्ष समितिका सचिव रहेका दिब्य नेपालले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!