नेपालले जित्यो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ।

नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।


आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकाशमा हात पारेको सफलताका आधारमा यी अवार्डहरु आईसीसीले दिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!