मन्त्रीहरुको उपस्थिति नभएपछि संसदको बैठक स्थगित

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।


आजको बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभा संचालन नियमावली अनुसार संसद संचालन हुन सरकारका कम्तिमा एक मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ ।

अब शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!