१४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट विवरण (सूचीसहित)

Posted on: 08 Jul, 2024

असार २४, काठमाडौँ । चालु आर्थिक वर्षमा १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण सरकारलाई बुझाएका छन् ।

चालू आर्थिक वर्ष २०८०\८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका हुन् । विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले बताए ।

मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् । विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण माग गर्दा कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!