बालेनलाई विशाल भण्डारीको कटाक्ष- केपी ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जम्यो

Posted on: 07 Jul, 2024

असार २३, काठमाडौँ । टिभी रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले फेरि एक पटक बालेनलाई कटाक्ष गर्दै स्टाटस लेखेका छन् ।

फेसबुकमा लेखेको एउटा कटाक्षयुक्त टिप्पणीका कारण उनले बालेनका समर्थकको गाली खाने पक्का भएको छ ।

उनले लेखेका छन्, हाम्रो Comedy Champion को Three Production Studio मुलपानीको आगनमा पानी जमेछ । म यस्को दोष के पी वलीलाई दिन चाहन्छु । हुनत २ बर्ष अघि Studio किन्दानै यो समस्या आउने हेक्का थियो । तर वेवास्ता गर्दै हामिलेनै ढलको उचित निकास र जमिनको Slope नमिलाको हौं। अब Studio मा कर्मचारी थुनिएका छन् हताहत भाका छन् उनिहरु म माथि खनिनु अघि सबै Blame K P OLI मा हाल्दिने अनी CHILL मा बस्ने । २ बर्ष देखि सबै थाहा हुदा हुदै गर्नचै मैले पनि केहि गरिन अब मान्छे कराउने बेला भयो तर गाली अर्को लाई खुवाउॅ किन म खानु र ???


बालेनले आज काठमाडौंका विभिन्न स्थान जलमग्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोष थोपर्दै स्टाटस लेखेका थिए । त्यसप्रत कटाक्ष गर्दै भण्डारीले केपीका कारण कमेडी च्याम्पियनको स्टुडियोमा पानी जमेको बताएका छन् ।

भण्डारीको स्टाटस

यस्तो छ बालेनको स्टाटस



यस बिषयमा तपाइको प्रतिक्रिया...!