वर्षाका कारण उपत्यकाका नदीमा जलसतह बढेपछि खोला किनारमा प्रहरीको गस्ती

Posted on: 06 Jul, 2024

असार २२, काठमाडौँ | अविरल वर्षाका कारण उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा गस्ती थालिएको  छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।

उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए। अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको उनले जानकारी दिए। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए। 

आज वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै बाढी, कतै डुबान त कतै पहिराले प्रभावित परिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!