डोटीमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु, ७ घाइते

Posted on: 05 Jun, 2024

जेठ २३, डोटी । डोटीमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएको  र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । जिपमा चालकसहित नौजना सवार रहेको प्रहरीले बताए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!