झापाको भद्रपुरमा युवतीमाथि दाउ प्रहार

Posted on: 31 May, 2024

जेठ १८, काठमाडौँ ।  झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि दाउ प्रहार भएको छ । शुक्रबार बिहान १०ः४५ बजे भद्रपुर ९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् । 

कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको चन्दले बताए । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘के कारण युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!