विद्यार्थी लिएर बाजुराबाट रारातर्फ जाँदै गरेको जिप खस्यो, १४ जना घाइते

Posted on: 23 May, 2024

जेठ १०, काठमाडौँ |  मुगुमा बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बिहीबार मध्यान्ह १२ बजेतिर खत्‍याड गाउँपालिका वडा नम्बर २ सेरिजाममा दुर्घटना भएको जिल्‍ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए। 

ग १ ज ८२४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। 

जिपमा बाजुराको बुढिगंगा जनप्रकाश माविका विद्यार्थीहरू र शिक्षक सवार थिए। १४ जनालाई सामान्य चोट लागेको प्रहरी निरीक्षक कार्कीले बताए। 

घाइतेलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको छ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!