अर्थमन्त्री वर्षमानसँग ३३ लाख ७० हजार नगद, एउटा गाडी

Posted on: 21 May, 2024

जेठ ८,  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नगद जम्मा ३३ लाख ७० हजार रहेको खुलाएका छन्। यसको स्रोत तलब र भ्रमण भत्ता रहेको उनले बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको आर्थिक वर्ष ०८०/०८१ को सम्पत्ति विवरणअनुसार पुनसँग एनएमबी बैंक पुल्चोकमा सो रकम रहेको उल्लेख गरेका छन्।

पुनले रोल्पा नगरपालिका वडा नम्बर ७ मा ८२० वर्गमिटरको पैतृक सम्पत्ति रहेको खुलाएका छन्।

उनले पार्टीले दिएको हलुका गाडी रहेको पनि बताएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!