बैशाख ३०, काठमाडौँ । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा गएराति एक युवकको हत्या भएको ग्याङफाइटमा पक्राउ परेका ४ जना नाबालक रहेको खुलेको छ ।
शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो । मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोक डेरा गरी २४ वर्षीया शम्भु धिमालमाथि ४ जनाको समूहले चक्कु प्रहार गरी हत्या गरेका थिए ।
मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बर्थ डे पार्टी मनाएर फर्कँदै थिए ।
बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए ।
घटनालगतै गौशाला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जनानै नाबालक भएकाले प्रहरीले नाम खुलाएको छैन । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रमुख रजौरेले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!