श्रम मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त

Posted on: 13 Mar, 2024

फागुन ३०, रौतहट | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।


यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव राजिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले तत्कालीन प्रवक्ता डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर विभागमा पठाएका थिए । त्यसपछि प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको थियो । विभागका महानिर्देशक रहेका मदन दाहालको सरुवा गरेर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पठाएका थिए ।

मन्त्री फेरिएसँगै प्रवक्ता समेत फेरिएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!