अपडेट : ललितपुरको इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

Posted on: 15 Jan, 2024

माघ १, काठमाडौं | ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

दोलखा घर भएकी इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी थिइन् ।

ललितपुर प्रहरीका अनुसार उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!