ललितपुरको इमाडोलमा महिला इनारभित्र खसिन्, उद्धार कार्य जारी

Posted on: 15 Jan, 2024

माघ १, ललितपुर | ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् |

लुगा सुकाउने क्रममा महिला इनारमा खसेकी छन् । दोलखा घर भएकी  इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान ३० फिट गहिरो इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भने–‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेको छ ।’ आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । 

लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी हुन् । ललितपुर प्रहरीका अनुसार अहिले उनको उद्धारको पहल भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!