जंगलमा घाँस काट्न गएकी ३५ वर्षीय महिलामाथि बलात्कार

Posted on: 28 Dec, 2023

पुस १२, महोत्तरी | महोत्तरीमा एक महिलाको बलात्कार भएको छ।

जंगलमा घाँस काट्न गएको बेला गौशाला नगरपालिकाकी ३५ वर्षीया महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

घटना गत शनिबारको हो।

गाउँछेउमै पर्ने जंगलमा घाँस काटिरहेको बेला गौशाला नगरपालिका १ स्थित रामनगर चिनिमिल बस्ने ४३ वर्षीय वीरेन्द्र यादवले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरी आरोपीले भिडिओ बनाएको प्रहरीले जनाएको छ। आरोपी यादव भने घटना भएदेखि फरार छन्।

स्थानीयका अनुसार सोमबार राति रामनगरका पञ्चहरू घटना मिलाउन बसेका थिए। पैसा लेनदेन गरी गाउँमै मिल्न पीडित महिला र उनका परिवारलाई उनीहरूले दबाब दिएका थिए। तर घटनाबारे प्रहरीले जानकारी पाइसकेको र भिडिओ अन्य व्यक्तिहरू समक्ष समेत पुगिसकेकाले मिलाउँदा फस्ने देखेपछि पञ्चहरू पछि हटेको स्थानीय बताउँछन्। 

‘बलात्कार भएकै हो। महिलाको स्वास्थ्य परीक्षण भइसकेको छ। आरोपी फरार छन् हामी खोजी रहेका छौं,’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!