ललितपुरको झम्सिखेलमा प्रहरीद्वारा गोली हानेर एकजना पक्राउ

Posted on: 12 Dec, 2023

मङ्सिर २६, काठमाडौँ | प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!