स्रोत नखुलेको ८ लाखभन्दा बढी रुपैयाँसहित २ जना पक्राउ

Posted on: 24 Nov, 2023

मङ्सिर ८, जनकपुरधाम | महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत नखुलेपछि पक्राउ गरिएको हो । दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!