कमानेमा जारी महाअनुष्ठान आज पनि जारी

Posted on: 05 Oct, 2016

असोज १९, मकवानपुर । लोक कल्याण सेवा प्रतिष्ठान एवं राम जानकी वालिका आश्रम चितवन र मनकामना क्षेत्र विकास समितीको आयोजनामा जारी श्रीमद् दवी भागवत नवाहा एवं शक्ति साधना महाअनुष्ठान आज पाँचौ दिन पनि जारी छ ।

असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर हेटौँडा ८ कमानेमा जारी अनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । राम जानकी कन्या गुरुकुल आश्रम सहयोगार्थ अनुष्ठान आयोजना गरीएको अनुष्ठानका संयोजक अर्जुन ढुंगानाले वताउनु भयो । 

आज पाचौँ दिनको कार्यक्रम मकावनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा माडवारी सयोसियसन अध्यक्ष कृष्ण गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा भएको थियो । ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गरी रहनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!