असोज ७, काठमाडौँ | खेतमा रहेको अवस्थामा दुई बोरा प्रतिबन्धित लागुऔषध पर्सा प्रहरीले बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतमा बेवारिसे अवस्थामा रहेको लागुऔषध बरामद गरेको हो।
दुई वटा बोरामा रहेको लागुओषध डाईजिपाम दुई हजार ३३५ एम्पुल,नुर्फिन तीन हजार १६९ एम्पुल र फेनारगन तीन हजार ४११ एम्पुल गरि आठ हजार ९१५ एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
बरामद गरिएको लागुऔषध प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!