गदर-२ हेरेर ‘हिन्दुस्तान जिन्दावाद’ नारा लगाएका युवकको कुटपिट गरी हत्या

Posted on: 18 Sep, 2023

असोज १, भारत | भारतको छत्तीसगढस्थित दुर्ग जिल्लामा बलिउड फिल्म ‘गदर २’ हेरेपछि ‘हिन्दुस्तान जिन्दावाद’ को नारा लगाउनु एकजना युवकका लागि महंगो सावित भएको छ। 

उक्त नारा लगाउँदाको मूल्य ती युवकले आफ्नो ज्यान गुमाउनुपरेको छ। हिन्दुस्तान जिन्दावादको नारा लगाएपछि आक्रोशित साथीहरुले ती युवकको कुटीकुटी हत्या गरिदिएका छन्। 

यो घटना खुर्सीपार प्रहरी कार्यालय क्षेत्रको आईटीआई खेल मैदानमा भएको हो।


समाचार अनुसार आईटीआई मैदानमा शनिबार साँझ २ युवक मोबाइलमा अभिनेता सनी देओलको नयाँ फिल्म गदर-२ हेरिरहेका थिए।

यसैबीच कुनै एक दृश्यमा मलकीत सिंहले आफ्नो रियाक्शन हिन्दुस्तान जिन्दावाद नाराका रुपमा तत्कालै दिए।

त्यसपछि उनीसँगै रहेका विशेष समुदायका युवाहरुले उनलाई लात्ती मुक्का बर्साएर मरनासन्न बनाए। 

जब घटनाको खबर परिवराजनले थाहा पाए तब उलाई स्थानीय अस्पताल लगियो। त्यसपछि अवस्था जटिल हुँदा उनलाई रायपुर रेफर गरियो। उनको आइतबार बिहान ४ बजे ज्यान गएको छ।

यस मामिलाको गम्भीरतालाई विचार गरेर प्रहरीले तीन टिम बनाएर आरोपीहरुमाथि धरपकड सुरू गरेको छ।

आइतबार दिउँसो १ बजे सबै आरोपीहरुलाई पुलिस गिरफ्तार गरेको छ। तर युवकको मृत्युपछि क्षतिपूर्ति र परिवारजनलाई रोजगारी माग्दै उनका आफन्तहरु राजमार्गबाट उठेर प्रहरी  कार्यालयको गेटमा धर्ना बसे। 

समाचार अनुसार उक्त फिल्म हेर्ने क्रममा आईटीआई मैदानमा मदिरा पिएका केही विशेष समुदायका युवकलाई भारत माता र हिन्दुस्तान जिन्दावादको नारा मन परेको थिएन। उनीहरुले यसैलाई लिएर मलकीत सिंहको क्रुरतापर्वक हत्या गरिदिए। 

मृतकका परिवारजनले मलकीतको हत्यामा संलग्न आरोपीको कांग्रेस नेताहरुसँग  उठबस छ। यसैकारण उनीहरुलाई बचाउने चलखेल भइरहेको छ। त्यसपछि परिवारजन आन्दोलित भएर धर्ना बसेका हुन्। 



यस बिषयमा तपाइको प्रतिक्रिया...!