कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृशोक

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ | नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ ।

नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । 

थरुनीको निधनप्रति कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै थरुनीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताउनुभएको छ । सभापति देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथै सहमहामन्त्री चौधरीलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!