मोरङस्थित विद्यालयको लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

Posted on: 03 Jun, 2023

जेठ २०, विराटनगर | मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकालले शनिबार बिहान ६ : ५० बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए |

ढकाल सोही विद्यालयको लेखापाल हुन् |

उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको थियो। गम्भिर घाइते भएका कारण थप उपचारका लागि उनलाई काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!