बाराको पचरौता नगरपालिकामा झडप, मतदान रोकियो

Posted on: 13 May, 2022

वैशाख ३०, बारा | बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ ।पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हाे । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए ।


पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हाे ।झडपलाई नियन्त्रणमा लिन प्रयास भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!