एमालेले दलाल पुँजीवादसँग अँगालो मार्‍यो : झलनाथ खनाल

Posted on: 05 Jul, 2024
असार २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।
शुक्रवार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए। उनले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे।
उनले भने, ‘दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन। यो कुरा नेकपा एमाले पार्टीका ३ लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ। त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ।’
उनले अहिले नेकपा एमालेभित्र भूकम्प गएको दाबी पनि गरे। नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको खनालको जिकिर थियो।
‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन। हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ’ खनालले भने, ‘नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ। जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरू।’
सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!