सुनको मूल्यमा अहिलेसम्मकै महँगो रेकर्ड, कति पुग्यो?

Posted on: 07 Jul, 2024

असार २३, काठमाडौँ । सुनको मूल्यले आज फेरि सर्वाधिक महँगो केकर्ड कायम गरेको छ। प्रतिलोला एक हजार रुपैयाँले बढेर सुनले आज सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ४५ हजार चार सय निर्धारण भएको छ। 

त्यसैगरी शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ। 

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु २० ले वृद्धि भएको छ। 

शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको महासंघले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!