यी हुन् एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य (सूचीसहित)

Posted on: 05 Jul, 2024

असार २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ। 

असार २१, काठमाडौँ । दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए।

शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।

एकीकृत समाजवादीले उपलब्ध गराएको सूचीमा यसअघि केन्द्रीय कमिटीमा रहेका धेरै नेता अटाएका छैनन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!