विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

Posted on: 10 Apr, 2024

चैत २८, कास्की। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।


अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ ।

साथै विद्यालयको खर्च पारदर्शी नगरेको, सहि लेखा परिक्षण नगरेर विद्यालयलाई ३ लाख ७७ हजार नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!