आज रास्वपाले ५६ वटा वडामा अधिवेशन गर्दै

Posted on: 06 Jan, 2024

पुस २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ । 

वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । सो पार्टी उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौँको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौँ र अन्य पदाधिकारीहरु विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!