बालुवाटारमा केपी ओली !

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्न उनीसहितका नेताहरू बालुवाटार पुगेका हुन् । 

यसअघि बालुवाटारमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।

राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!