कोशी प्रदेशमा सरकार गठनका यस्ता छन् विकल्प

Posted on: 29 Jul, 2023

साउन १३, काठमाडौँ | कोशी प्रदेशमा बहुमतको सरकार गठनका लागि विभिन्न विकल्पहरू रहेका छन् पहिलो विकल्पका रूपमा सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री दाबी गर्न सक्छ । 

दोस्रो विकल्प कांग्रेस गठबन्धनले नै राप्रपालाई विश्वासमा लिएर सरकार बनाउन सक्छ । तेस्रो विकल्प एमाले-राप्रपा गठबन्धनले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको नेकपा एस वा जसपालाई आफ्नो पक्षमा पारेर सरकार गठन हुन सक्छ ।

चौथो विकल्प नेकपा एस वा जसपाको नेतृत्वमा एमाले र राप्रपासहितको सरकार गठन हुन सक्छ । त्यस्तै पाँचौँ विकल्पमा एमालेबाट राप्रपालाई अलग गराउन कांग्रेस गठबन्धनले राप्रपाकै नेतृत्वमा सरकार गठन गर्न सक्छ । छैटौँ विकल्पमा एमालेको समर्थनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न सक्छ ।

धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन नसके १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा सरकार गठन सातौँ विकल्प हुनेछ । प्रदेशसभाको ठुलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बने उनले एक महिनाभित्र १६८ को ४ अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसके प्रदेश प्रमुखले १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्, जुन आठौँ तथा अन्तिम विकल्प हो । यो समाचार नागरिक दैनिकबाट।

यस बिषयमा तपाइको प्रतिक्रिया...!