नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

Posted on: 09 Sep, 2024

भदौ २४,  काठमाडौँ । नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ ।

आज ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, आज उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ ।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ३७ करोड ५७ हजारको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी १३ लाख ८२ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!