साउन २२, काठमाडौँ । साउन २२, काठमाडौँ । मलेशिया स्थित प्रतिष्ठित 'गुड इअर' टायर कम्पनीले मलेसियामा आफ्नो कम्पनीमा काम गरि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको भर्ना लागत रकम फिर्ता गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । मलेसियको Goodyear Malaysia Berhad (GMB) कम्पनीसँग जोडिएका पूर्व श्रमिकहरुले भर्ति शुल्क फिर्ता आबेदन दिनको को लागि सूचनाले आह्वान गरेको हो । सूचनामार्फत जानकारी दिँदै उक्त कम्पनिले पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरु लाई फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।
जारी सूचना:
जारी सूचना अनुसार भनिएको छ 'GMB सँग अघिल्लो रोजगार सुरक्षित गर्नको लागि तपाइले तेश्रो पक्षलाई तिरेका कुनैपनि भर्ति शुल्कहरुको फिर्ता प्राप्त गर्न आवेदन दिनुहोस् । सूचना अनुसार आवेदन दिने मिति आगामी ३१ जनवरी २०२५ सम्म तोकिएको छ । भर्ति शुल्क फिर्ता पाउनको लागि नेपाली नागरिक हुनुपर्ने, पहिले GMB (गुड एअर मलेशिया बर्हाड) मा काम गरेको हुनुपर्ने, साथै उक्त कम्पनीमा जाँदा भर्ति शुल्क तिरेको र यस अघि भर्तिशुल्क बापतको रकम फिर्ता नपायको हुनुपर्ने छ ।
मलेसिया स्थित 'गुड इअर' एउटा स्थापित टायर उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो ।
फिर्ता आवेदन तथा थप जानकारीको लागि नेपाली युवाहरुले +९७७-९७०४२९९५१६ मा सिधा फोन गर्न वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!