काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी

Posted on: 06 Sep, 2024

भदौ २१, काठमाडौँ | काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ। 

आज दिउँसो नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको हो। आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।  

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन। अगालागी दमकलको सहायतामा निभाएको प्रहरीले जनाएको छ ।  आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!