रोमानियामाथि बेल्जियमको २-० गोलको जित

Posted on: 23 Jun, 2024

असार ९, काठमाडौँ । बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।

पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो जितपछि बेल्जियम समुह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शिर्ष स्थानमा छ ।

अब बेल्जियमले समुह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!