इङल्याण्डलाई हराउदै भारत टी- २० विश्वकपको फाइनलमा

Posted on: 28 Jun, 2024

असार १४, काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । 

इंग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले २३ रन बनाए । जोफ्रा आर्चार २१ रन बनाए । भारतका लागि बलर अक्षर पटेलले ३ विकेट लिए । कुलदीप यादवले ३ विकेट लिए । जस्प्रित बुमराहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्या २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । त्यस्तै रविन्द्र जडेजाले १७ र  अक्षर पटेलले १० रन बनाए ।

इंग्ल्यान्डका लागि बलर क्रिस जोर्डनले ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!