मदिरा खाएर जहाजमा हो–हल्ला गरेपछि दुबई उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

Posted on: 27 Jun, 2024

असार १३, काठमाडौँ । दुबईमा सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएका छन् । राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा जान लागेका थिए । बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।

‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो ।

उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!