युरोकप 2024: क्रोसियामाथि स्पेनको शानदार जित

Posted on: 16 Jun, 2024

असार २, काठमाडौँ । स्पेनले युरोकप 2024 अन्तर्गत क्रोसियामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा स्पेनले क्रोसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए । स्पेनले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलमा क्रोसियाले धेरै अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन । क्रोसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए ।

यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुवात गर्दै समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्ने छ । त्यस्तै क्रोसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!