पुजाको एक्शन फिल्म ‘दान्भी’ रिलिज

Posted on: 21 Jun, 2024

असार ७,  काठमाडौँ । अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ । शुक्रबार नै  स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ ।

‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएका कारण उनका फ्यानहरुमा फिल्मप्रति खास कौतुहलता रहेको छ । ट्रेलरमा पुजाको एक्सनको प्रशंसा भएको थियो । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ ।


रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।

त्यस्तै ‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यलाई विशेष ‘ट्रिब्यूट’ दिनका लागि १३ वर्षपछि पुनः रिलिज गरिएको छ । प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!